तराईका क्षेत्रमा हुस्सु, कोशी र गण्डकी प्रदेशका उच्च भेगमा हिमपात

नेपालभ्युज

तराईका क्षेत्रमा हुस्सु, कोशी र गण्डकी प्रदेशका उच्च भेगमा हिमपात

काठमाडौ । पहाडी भू–भागमा आज आंशिक बदली हुनेछ भने बाँकी भेगको मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज तराईका धेरै स्थानमा हुस्सु लागेको छ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना छ । हिमपातको सम्भावना रहेको क्षेत्रमा त्यसको प्रभावबाट हुन सक्ने असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

काठमाडौंको न्यूनतम तापक्रम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको छ । दुई दिन यता काठमाडौंको तापक्रम स्थिर देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved