मित्रमिलन सहकारी ठगी प्रकरण : ७ लाख धरौटीमा रिहा भए सहप्राध्यापक भण्डारी

नेपालभ्युज

मित्रमिलन सहकारी ठगी प्रकरण :  ७ लाख धरौटीमा रिहा भए सहप्राध्यापक भण्डारी

काठमाडौं । मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक विष्णुप्रसाद भण्डारी धरौटीमा रिहा भएका  छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश रामचन्द्र शर्माको एकल इजलासले  भण्डारीलाई ७ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

सोमबार पक्राउ परेका उनलाई मंगलबार अदालतमा उपस्थित गराइएको थियो । थुनछेक बहसपछि उनलाई धरौटीमा छोड्ने आदेश आएको अदालतका श्रेस्तेदार रुद्रप्रसाद अर्यालले जानकारी दिए ।

उनीमाथी सहकारीका सञ्चालक समितिसँग मिलेर रकम दुरुपयोग गरेको आरोप लागेको थियो । भण्डारीसँगै यसअघि पक्राउ परेका लेखा समिति संयोजक सूर्यबहादुर अधिकारी भने धरौटीमा छुटेका छन्।

उक्त प्रकरणमा पोखरा महानगरपालिका–२१ का वडाध्यक्ष दीपक सुवेदी, सहकारीका उपाध्यक्ष विजय लम्साल, सहकारीका पूर्व लेखा समिति सदस्य तथा पत्रकार अर्जुन गिरी, कानुन व्यवसायी जनकल्याण पराजुलीलगायत ३२ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएकोमा हालसम्म ८ जना पक्राउ परेका छन्।

पक्राउ परेका सहकारीका अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारी, पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली, सहकारीका सञ्चालक गोपाल खनाल, बुद्धिसागर पौडेल, राजु बराल भने पुर्पक्षका लागि थुनामा छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved