सांसदहरुलाई जसपाको निर्देशन-संसदमा कानून निर्माणको काममा ध्यान केन्द्रित गर्नु

नेपालभ्युज

सांसदहरुलाई जसपाको निर्देशन-संसदमा कानून निर्माणको काममा ध्यान केन्द्रित गर्नु

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले संसदमा कानून निर्माणको काममा ध्यान केन्द्रित गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ ।

मंगलवार अपरान्ह सिंहदरबारमा बसेको जसपा पार्टी संसदीय दलको बैठकले संसदको चालु अधिवेशनमा कानून निर्माणको काममा केन्द्रित हुनेगरी संसदमा आफ्नो सशक्त उपस्थिति देखाउन पार्टीका सांसदहरुलाई निर्देशन दिएको हो ।

कानून निर्माणको काममा पार्टीका सांसदहरुलाई केन्द्रित हुन बैठकले निर्देश गरेको प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए । बैठकले सांसदहरुलाई संसदले जारी गरेको क्यालेण्डरअनुसार उपस्थित हुन पनि सचेत गराएको थियो ।

प्रमुख सचेतक यादवले भने, ‘आज संसदीय दलको बैठकमा सोमाबारबाट शुरु भएको  हिउँदे अधिवेशनका बारेमा छलफल भयो । अरु समसामयिक विषय पनि छलफल भयो ।’

बैठकमा सांसदहरुले चुरे क्षेत्रको संरक्षणबारे चासो र चिन्ता पनि व्यक्त गरेका थिए । त्यसैगरी उनीहरुले सरकारले हालै ल्याएको वन ऐनका सम्बन्धमा पनि गम्भिर चासो लिएको सचेतक यादवले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved