हात्ती प्रभावित क्षेत्रमा ६ फिट अग्लो पर्खाल निर्माण सुरु

नेपालभ्युज

हात्ती प्रभावित क्षेत्रमा ६ फिट अग्लो पर्खाल निर्माण सुरु
फाइल तस्वीर

इनरुवा । इटहरी उपमहानगरपालिका क्षेत्रमा जङ्गली हात्तीको आक्रमण बढ्दै गएपछि ६ फिट अग्लो पर्खाल निर्माण सुरु गरिएको छ ।

दैनिक रुपमा आउने जङ्गली हात्तीको आक्रमणबाट स्थानीय वासिन्दा त्रसित तथा रातभर जाग्राम बस्न बाध्य भएपछि पर्खाल निर्माण सुरु गरेको उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए ।

इटहरी–२ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु हुनुका साथै दुईजना घाइते भैसकेका छन् । जङ्गली हात्तीको समूहले स्थानीयवासीको घर भत्काउनुका साथै बालीनाली तथा अन्नमा समेत क्षति गर्ने गरेको छ ।

स्थानीयलाई तत्काल हात्तीको आक्रमणबाट जोगाउन साइरन जडान, लाइट व्यवस्थापन गरी सबैभन्दा बढी हात्ती प्रभावित इटहरी–२ मा पूर्व ६ फिट अग्लो पर्खाल बनाउन सुरु गरेको उनले जानकारी दिए ।

रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved