बलिउडका यी कलाकारलाई छ अनेक खालको फोबिया

नेपालभ्युज

बलिउडका यी कलाकारलाई छ अनेक खालको फोबिया

एजेन्सी । शाहरुख खान फिल्म ‘करण अर्जुन’ का क्रममा घाईते भएका थिए । जसले गर्दा उनी अहिले पनि घोडाको नजिक जाँदैनन् ।

साथमा उनले एक कार्यक्रममा भनेका थिए मलाई कसैले मेरो हात काटिदिन्छ कि भन्ने डर लाग्छ ।

बलिउडका भाईजान सलमान खानले आफै खुलासा गरेका थिए कि उनलाई लिफ्टमा डर लाग्छ । त्यस्तै अर्का अभिनेता अर्जुन कपूरलाई सीलिंग फ्यानसँग डर लाग्छ ।

बलिउड अभिनेत्री कैटरीना कैफलाई छेपारोसँग डर लाग्छ । अभिषेक बच्चनलाई अचम्मको डर थियो । उनलाई फलफूल खानै मन पर्दैनथ्यो ।

आलिया भट्टको सबैभन्दा ठूलो डर भनेको अँध्यारो स्थान हो । उनले भनेकी थिइन्, अँध्यारोमा सुत्न पनि उनलाई डर लाग्छ । त्यस्तै दीपिका पादुकोणले सर्पसँग एकदमै डर लाग्ने बताएकी थिइन् ।

विद्या बालनलाई बिरालोह फोबिया छ । उनले आफूलाई बिरालो मन पनि नपर्ने र एकदमै डर लाग्ने बताएकी छन् ।

रणवीर कपूरलाई साँग्लासँग डर लाग्छ । त्यस्तै अभिनेत्री सोनम कपूरले आफूलाई लिफ्टसँग डर लाग्ने र एक्लै कहिल्यै लिफ्टमा नजाने गरेको बताएकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved