युरोपेली किसानलाई समर्थन गर्न माल्टाका किसान सडकमा

नेपालभ्युज

युरोपेली किसानलाई समर्थन गर्न माल्टाका किसान सडकमा

काठमाडौं । सयौं माल्टिज किसानहरू आफ्ना सँगी युरोपेली किसानहरूसँग ऐक्यवद्धता जनाउँदै सडकमा उत्रिएका छन् ।

जसले यस हप्ता घट्दो बिक्री मूल्य, बढ्दो लागत र भारी नियमहरूको विरूद्ध प्रदर्शन गरेका हुन् ।

यो १९८२ पछि माल्टाको कृषि क्षेत्रद्वारा पहिलो विरोध हो । जुन सक्रिय किसान संघद्वारा आयोजित र खाद्य श्रृंखलामा अन्य क्षेत्रहरुद्वारा समर्थित थियो । बेल्जियम जस्ता अन्य युरोपेली युनियन (इयु) देशहरूमा आफ्ना साथीहरूलाई समर्थन देखाउन आन्दोलनकारी किसानहरूले आफ्ना ट्रयाक्टरहरूमा ब्यानरहरू टाँसेका थिए ।

उनिहरुले किसान छैन, सिंथेटिक खानुहोस्, ईयूले आफ्नै किसानलाई मार्छ लगायतका प्लेकार्ड बोकेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved