अस्ट्रेलियाको मुद्रास्फीति २ वर्षकै न्युन

नेपालभ्युज

अस्ट्रेलियाको मुद्रास्फीति २ वर्षकै न्युन

काठमाडौं । अस्ट्रेलियाको मुद्रास्फीति दर २०२३ को अन्त्यमा दुई वर्षयताकै न्युन स्तरमा झरेको आधिकारिक तथ्यांकले देखाएको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) द्वारा यस हप्ता प्रकाशित तथ्याङ्कअनुसार यस्तो बताइएको हो ।

यो २०२१ को पहिलो त्रैमासिक पछिको सबैभन्दा कम त्रैमासिक सिपिआई वृद्धि हो । डिसेम्बरको अन्त्यसम्मको १२ महिनामा सीपीआई ४.१ प्रतिशतले बढेको एबीएसले बताएको छ । जुन वर्षको डिसेम्बर २०२२ सम्मको ७.८ प्रतिशतको उच्च वार्षिक वृद्धिबाट घटेको छ ।

अस्ट्रेलियाली ब्रोडकास्टिङ कर्पोरेशन (एबीसी) ले रिपोर्ट गरेको छ कि, अर्थशास्त्रीहरूले त्रैमासिक मुद्रास्फीति ०.८ प्रतिशत र वार्षिक ४.३ प्रतिशत हुने अनुमान गरेका थिए । कोषाध्यक्ष जिम चाल्मर्सले पत्रकार सम्मेलनमा तथ्याङ्कहरू जारी गरेपछि उत्साहजनक रहेको तर अस्ट्रेलियालीहरू अझै पनि आर्थिक दबाबमा रहेको बताएका छन् ।

एबिएसले २०२३ को अन्तिम क्वाटरमा मुद्रास्फीतिमा सबैभन्दा ठूलो योगदानकर्ताको रूपमा आवास, मदिरा र तंबाकू, बीमा र वित्तीय सेवाहरू र खाद्य र गैर–मादक पेय पदार्थहरू रहेको बताएको छ । ती वृद्धि आंशिक रूपमा   मासु, समुन्द्री खाना र फलफूल र तरकारीहरूको मूल्यमा १.२ प्रतिशत गिरावटले अफसेट गरिएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved