वृद्ध अवस्थामा गर्नैपर्ने पाँच योगासन

नेपालभ्युज

वृद्ध अवस्थामा गर्नैपर्ने पाँच योगासन

एजेन्सी । उमेर बढ्दै जाँदा मानिसको शरीरसँगै हड्डी पनि कमजोर हुन थाल्छन् । जसको असर दैनिक जीवनमा पर्न थाल्छ ।

कमजोर हड्डीका कारणले बढ्दो उमेरमा केही व्यक्तिले आफ्नो नियमित काम पनि गर्न सक्दैनन् ।

यस्ता केही योग र कसरत पनि हुन्छन् जसलाई ५५–६० को उमेर काटेका व्यक्तिले गर्न सक्छन् । यो गर्दा शरीर स्वस्थ हुनुका साथै हड्डी पनि बलियो बन्छ ।

आज हामी त्यस्तै केही योगासन बारे बताउनेछौं जसबाट जेष्ठ नागरिकले फाइदा लिन सक्छन् ।

अनुलोम विलोम

अनुलोम विलोम दैनिक रुपमा अभ्यास गर्दा शरीरलाई विभिन्न फाइदा हुन्छन् । यो आसन गर्नाले स्वासप्रस्वाससँगै पाचन प्रणाली पनि राम्रो हुन्छ ।

अनुलोम विलोम गर्नाले मुटुलाई पनि फाइदा हुन्छ । यो गर्न पनि एकदमै सजिलो हुन्छ ।

बालासन

बालासन गर्नाले शरीरका सम्पूर्ण अंग क्रियाशील हुन्छन् । यो आसनले ढाडको हड्डी बलियो हुन्छ र त्यो लचिलो पनि हुन्छ । यो आसन गर्नाले ढाडको तल्लो हिस्सा र घाँटीको दुखाईबाट राहत पाइन्छ ।

ताडासन

दैनिक रुपमा ताडासन गर्नाले तिघ्रा, घुँडा तथा खुट्टाको सम्पूर्ण भाग बलियो बनाउँछ । यो आसनको सहयोगले शरीरलाई कसिलो बनाउन सकिन्छ । यसले कम्मरको दुखाईबाट पनि राहत दिन्छ ।

शवासन

तपाईं सुतेरै शवासन गर्न सक्नुहुन्छ । एकदमै सजिलो आसन भएर पनि शरीरमा यसले सकारात्मक असर पार्दछ । यो आसनले पाचन प्रणाली राम्रो हुन्छ । साथमा मन पनि शान्त हुन्छ ।

भुजंगासन

भुजंगासन गर्नाले रक्तसञ्चार राम्रो हुन्छ । यो गरेर कम्मर तथा काँधको मांसपेशीहरुलाई बलियो बनाउन सकिन्छ । यो आसनले शरीरमा ऊर्जा बनाइराख्न सहयोग गर्छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved