प्रियंका चोपडा परिन् दलालको फन्दामा, हालिन मुद्दा

नेपालभ्युज

प्रियंका चोपडा परिन् दलालको फन्दामा, हालिन मुद्दा

एजेन्सी । अभिनेत्री प्रियंका चोपडा प्रायः फिल्म तथा निजी जीवनलाई लिएर पनि चर्चामा आइरहन्छिन् । हालै उनी फेरि आफ्नो घरलाई लिएर चर्चामा छन् ।

मिडिया रिपोर्टअनुसार प्रियंकाले अमेरिकाको लस एन्जेलसमा आफ्नो बंगलालाई लिएर अदालतमा मुद्दा दर्ता गरेकी छन् ।

प्रियंकाले सन् २०१९ मा यो बंगला १६५ करोड भारतीय रुपैयाँमा खरिद गरेकी थिइन् । त्यसपछि बंगलाको सीलिङमा समस्या आइरहेको थियो । यो समस्या लगातार बढेपछि उनले घर बेच्ने ब्रोकरविरुद्ध मुद्दा हालेकी हुन् ।

खरिद गरेपछि नै घरमा पानीको समस्या देखिन थालेको थियो । घरको बार्बीक्यू एरियामा पनि लगातार पानी चुहिरहेको थियो । लगातार समस्या व्यहोरेपछि अहिले उनले उक्त घर खाली गरेकी छन् ।

प्रियंका सन् २०१८ मा अमेरिकन गायक निक जोनससँग विवाह गरेपछि लस एन्जलसमा शिफ्ट भएकी थिइन् । विवाहपछि उनीहरुले २० मिलियन डलरको बंगला खरिद गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved