बिग बोस १७ बाट निस्कने बित्तिकै अंकिताले पाइन् ठूलो फिल्म

नेपालभ्युज

बिग बोस १७ बाट निस्कने बित्तिकै अंकिताले पाइन् ठूलो फिल्म

एजेन्सी । रियालिटी शो बिग बोस १७ सकिएको छ । यस सीजनमा देखिएका सबै सहभागी पुनः आफ्नो जीवनमा फर्किएका छन् ।

अंकिता लोखन्डे बिग बोस १७ मा देखिनु अघि लामो समयदेखि खाली बसिरहेकी थिइन् । तर, बिग बोस सकिएसँगै उनलाई ठूलो पर्दाकै फिल्मबाट अफर आइसकेको छ ।

जसको रिलीज डेट समेत बाहिर आइसकेको छ । उक्त कुराको जानकारी उनले आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छन् ।

अभिनेत्रीले बिग बोसको ट्रफी नजिते पनि उनको करिअरमा भने कुनै फरक परेको छैन । यसले उनलाई अझै चम्काएको छ ।

अंकिताले फिल्म वीर सावरकरको टीजर शेयर गरेकी छन् र छिट्टै आफू पनि यस फिल्ममा देखिने बताएकी छन् ।

अंकिता लोखन्डे यस फिल्ममा रणदीप हुड्डासँग देखिनेछन् । यो फिल्म यही मार्च २२ मा रिलीज हुनेछ । अंकिताले यस फिल्ममा कस्तो भूमिका निर्वाह गर्नेछन् यसबारेमा भने खुलासा भएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved