बाँदर नियन्त्रणका लागि भन्दै रुख काट्ने वडा कार्यालयको अभियानमा महानगरको रोक

नेपालभ्युज

बाँदर नियन्त्रणका लागि भन्दै रुख काट्ने वडा कार्यालयको अभियानमा महानगरको रोक

पोखरा । पोखरा महानगरपालिकाले बाँदर नियन्त्रणको लागि रुख काट्न उर्दी जारी गरेको वडा नम्बर १९ को अभियानमा रोक लगाएको छ ।

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले विवादास्पद सूचना जारी गरेपछि महानगरले रोक लगाएको हो ।

महानगरपालिकाबाट कुनै निर्णय नभएको भन्दै रुख काट्ने, फाँड्ने नगर्नु, नगराउन निर्देशन-पत्रमा उल्लेख छ ।

वडा कार्यालयले सोमबार सूचना जारी गर्दै लामाचौर-पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित भएको भन्दै नियन्त्रणका लागि १० दिनभित्र आफ्नो घर वरपरका रुखहरू कटान गर्न आग्रह गरेको थियो ।

महानगरपालिका मेयर धनराज आचार्यले सामाजिक सञ्जालमार्फत रुख काट्ने, फाँड्ने काम नगर्न निर्देशन दिएको जनाएका छन् ।

उनले लेखेका छन्, “आफ्नो रुख आफैँ काटौँ अभियान’ भनेर रुख काट्न आह्वान गरेको भन्ने सूचना प्रकाशित भएको सन्दर्भमा यस सम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐनबमोजिम महानगरपालिकाबाट कुनै निर्णय नभएकाले सोसम्बन्धी कुनै पनि कार्य (रुख काट्ने फाँड्ने) नगर्नु/नगराउनुहुन सम्बन्धित सबैलाई जानकारी गराइसकिएको छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved