कतै तपाईंको फोन पनि नक्कली त होइन ? यसरी पत्ता लगाउनुहोस्

नेपालभ्युज

कतै तपाईंको फोन पनि नक्कली त होइन ? यसरी पत्ता लगाउनुहोस्

एजेन्सी । कयौं पटक मानिसले पाएका छन् कि उनीहरुका फोन नक्कली हुन्छन् । उनीहरुको IMEI नम्बरसम्म कपी गरिएको हुन्छ ।

हुन सक्छ तपाईंको फोन पनि नक्कली हो कि ?

एकदमै सजिलो तरिकाले तपाईं आफ्नो स्मार्टफोनको प्रमाण चेक गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले आफ्नो IMEI नम्बरलाई चेक गर्नु पर्दछ ।

धेरै व्यक्तिलाई लाग्न सक्छ उनीहरुको फोनमा IMEI नम्बर छ कसरी यो नक्कली भयो ? यसको बारेमा विस्तृतमा जानौं । यसका लागि तपाईले सबैभन्दा पहिला आफ्नो स्मार्टफोनको आइएमईआई चेक गर्नु पर्दछ ।

यसका लागि तपाईंले *#06# डायल गर्नुपर्दछ । यसले तपाईंको फोनको आइएमईआई नम्बर थाहा हुन्छ ।
यसका साथै यो फोन सक्कली हो कि होइन भनेर हेर्नका लागि एन्ड्रोइड फोन प्रयोगकर्ता तपाईं https:www.imeif.info मा जानुपर्दछ ।

त्यस्तै यदी तपाईं आईफोन प्रयोगकर्ता हुनुहुन्छ भने https:checkcoverage.apple.com/in मा जानु पर्दछ । यहाँ तपाईंले प्राप्त गरेको आईएमईआई नम्बर राखेर हेर्नुहोस् । यदी यहाँ तपाईंको फोनमा भएको जानकारी सम्पूर्ण आउँछ भने तपाईंको फोन सक्कली हो ।

यदी यहाँ कुनै जानकारी आएन भने यो नक्कली हो भन्ने बुझनु पर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved