झापामा ‘विश्वप्रकाश शर्मा हराएको सूचना’ !

नेपालभ्युज

झापामा ‘विश्वप्रकाश शर्मा हराएको सूचना’ !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले धूमधामका शिलान्यास गरेको पुल अलपत्र भएपछि उनका मतदाताले ‘विश्वप्रकाश शर्मा हराएको सूचना’ भन्दै व्यङ्ग्य गरेका छन् ।

झापा मेचीनगर –१५ का बासिन्दाले सांसद हराएको लेखिएको ‘प्लेकार्ड’ बोकेर प्रदर्शन गरेका हुन् । महामन्त्री शर्मा भने यतिबेला पार्टीको कार्यक्रममा झापामै दौडधुपमा कुदिरहेका छन् ।

कांग्रेस महामन्त्री गगन थापाले झापाबाट ‘संवाद यात्रा’ सुरु गरेका छन् । शनिबार बिहान ८ बजे झापाको मेची भन्सारबाट यात्रा आरम्भ गरेका हुन् ।

पार्टीको ‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत यात्रा शुभारम्भमा अर्का महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य प्रदीप पौडेलसँगै छन् ।

पार्टीका कार्यकर्ताहरू र जनताका गुनासा र सुझाव लिन महामन्त्री थापाले गरेको संवाद यात्रामा थालेको सन्दर्भमा विश्वप्रकाश शर्मालाई पनि गुनासो आएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved