प्रदेशसभा अधिवेशन आह्वान गर्न एमालेको माग

प्रदेशसभा अधिवेशन आह्वान गर्न एमालेको माग

सुर्खेत । कर्णाली प्रदेश सरकारको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले कर्णाली प्रदेश सभाको अधिवेशन आह्वान गर्न माग गरेको छ । निर्णय नै गरेर सरकारसँग बैठक आह्वान गर्न अपिल गरेको हो ।

पछिल्लो समय गत असोज २२ गते रातिदेखि संसद् अधिवेशन अन्त्य गरिएको थियो । त्यसयता अधिवेशन सुरू हुन नसकेपछि एमालेले संसद् अधिवेशनको माग गरेको छ ।

एमाले कर्णाली संसदीय दलको माघ १२ गतेको बैठकले जनसरोकारका विषयहरूमा छलफल गर्ने थलो प्रदेश सभाको बैठक हालसम्म सुरू नगरिएकोले तत्काल कर्णाली प्रदेशसभा अधिवेशन आह्वान गर्न माग गर्ने निर्णय गरेको एमाले संसदीय दलका नेता यामलाल कँडेलले बताए ।

“जाजरकोट भूकम्पपछि राहत, पुर्नस्थापना एवम् क्षतिपूर्तिका काममा प्रदेश सरकारको देखिनेगरी भूमिका निर्वाह गर्न सरकारको ध्यानाकर्षण गराएको छ,” उनले भने, “२०८० असार १७ गते गरिएको सर्वदलीय सहमति र प्रदेशसभामा मुख्यमन्त्रीबाट व्यक्त प्रतिबद्धता तत्काल कार्यान्वयन गर्न माग गरिएको छ ।”

कर्णाली सरकारबाट प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट पारित गर्ने क्रममा सडक र भवनतर्फ ३० लाखभन्दा कम र अन्य निर्माणतर्फ १५ लाखभन्दा कम विनियोजन भएका योजना कार्यान्वयन नगर्ने सम्झौता भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved