रुकुमपश्चिममा दुई हजार भन्दा बढी लाभग्राहीको खातामा अझै गएन पहिलो किस्ताको रकम

रुकुमपश्चिममा दुई हजार भन्दा बढी लाभग्राहीको खातामा अझै गएन पहिलो किस्ताको रकम

सुर्खेत । रुकुमपश्चिममा दुई हजार बढी भूकम्पपीडित लाभग्राहीको खातामा पहिलो किस्ता रकम गएको छैन ।

गत कात्तिक १७ गते जाजरकोट रामीडाँडा रुकुमपश्चिम ६ वटै पालिकाका २७ हजार ३६ लाभग्राहीले पहिलो किस्ताबापत् २५ हजारका दरले रकम प्राप्त गरेका हुन् ।

जिल्ला विपद् व्यवस्थापन कोषबाट भने २९ हजार चार सय ६ लाभग्राहीको लागि स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा ७३ करोड ५१ लाख ५० हजार पठाइसकिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिबाट निकासा भएपनि स्थानीय तहले दुई हजार तीन सय ७० लाभग्राहीलाई पहिलो किस्ता निकासा गर्न बाँकी छ ।

सबैभन्दा बढी आठबीसकोट नगरपालिकाका नौ हजार सात सय ३२ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा ८ सय ५८ लाभग्राहीले पहिलो किस्ताबापत् रकम प्राप्त गरेका हुन् ।

त्यस्तै सानीभेरी गाउँपालिकामा पाँच हजार चार सय ३२, त्रिवेणी गाउँपालिकामा दुई हजार सात सय ७२, चौरजहारी नगरपालिकामा ६ हजार दुई सय ५४ र बाँफिकोट गाउँपालिकामा लाभग्राही पहिचान भएका सबै एक हजार ६ सय ९९ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले बताए ।

६ वटै स्थानीय तहमा हालसम्म २५ हजारका दरले ६७ करोड ५९ लाख रकम लाभग्राहीले प्राप्त गरेका छन् ।

त्यस्तै, जिल्लामा हालसम्म १८ हजार आठ सय ६६ अस्थायी आवास निर्माण सम्पन्न भएका छन्, भने ६ हजार नौ सय ७६ अस्थायी आवास निर्माणको चरणमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved