राष्ट्रियसभा निर्वाचनमा कर्णालीबाट महिलातर्फ मल्ल विजयी

राष्ट्रियसभा निर्वाचनमा कर्णालीबाट महिलातर्फ मल्ल विजयी

सुर्खेत । राष्ट्रियसभा निर्वाचनमा महिलातर्फ सावित्री मल्ल विजयी भएकी छन् । सत्तारुढ गठबन्धनअन्तर्गत नेकपा (एकीकृत समाजवादी) का तर्फबाट मल्ल उम्मेदवार थिइन् ।

मल्लको विजयी घोषणा हुन बाँकी छ । तर, मतगणना भने सकिएको हो ।

आज भएको मतदानमा ३ हजार ७२२ मतभर प्राप्त गरेकी छन् । उनले २९ प्रदेशसभा सदस्य बराबर १ हजार ५३७ मातभर र ११५ स्थानीय तह मतदाता बराबर २ हजार १८५ मतभार प्राप्त गरिन् ।

उनका निकटमत् प्रतिस्पर्धी नेकपा (एमाले) की विमला शाहीले १ हजार ३६२ मतभार प्राप्त गरिन् । उनले ११ प्रदेश सभा सदस्य बराबर ५८३ मातभार र ४१ स्थानीय तह मतदाता बराबर ७७९ मतभार प्राप्त गरी पराजित भइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved