गण्डकीबाट गठबन्धनका शर्मा, परियार र श्रेष्ठ विजयी

नेपालभ्युज

गण्डकीबाट गठबन्धनका शर्मा, परियार र श्रेष्ठ विजयी

काठामडौं । राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशबाट सत्तारूढ गठबन्धनका उम्मेदवारत्रय विजयी भएका छन् ।

महिला क्लस्टरमा नेकपा (माओवादी केन्द्र) की मनरूपा शर्मा विजयी भएकी छन् । उनले ३ हजार ६६० मतभार प्राप्त गरिन् । उनले स्थानीय तहतर्फ ९५ र प्रदेश सभातर्फ ३५ जनाको मत पाइन् ।

यस्तै अपाङ्गता क्लस्टरबाट नेपाली कांग्रेसका पदमबहादुर परियार विजयी भए उनले ३ हजार ७७४ मतभार बटुले । उनले स्थानीय तहतर्फ १०१ र प्रदेश सभातर्फ ३५ जनाको मत पाए ।

यसैगरी अन्य क्लस्टरबाट नेपाली कांग्रेसकै किरणबाबु श्रेष्ठ विजयी भए । उनले ३ हजार ८०८ मतभार पाए । उनले स्थानीय तहतर्फ १०० र प्रदेश सभातर्फ ३६ जनाको मत पाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved