हाम्रो दायित्व सुरक्षा र सेवा हो, आज हामीले सेवा गरेका छौँ : मन्त्री किराती

नेपालभ्युज

हाम्रो दायित्व सुरक्षा र सेवा हो, आज हामीले सेवा गरेका छौँ : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले यात्रुहरूमाझ एक सुविधा थपेको बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनको आगमन कक्षको समुद्घाटन कार्यक्रममा बोल्दै मन्त्री किरातीले यस्तो बताएका हुन् ।

उनले सानो सुविधा यात्रुहरूको माझ थपेर देशको थोरै भए पनि इज्जत बचाएको बताए ।

‘हाम्रो दायित्व प्रथम सुरक्षा र सेवा हो आज हामीले सेवा गरेका छौँ’, उनले भने ‘हामी पुराना विकासका अवधारणा र नीतिको ढोका तोडेर अघि बढ्छौँ र विकास गर्छौँ ।’

कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीको सपना नेपालमा गरिबिको अन्त्य गर्ने रहेको भन्दै त्यसको सुरुवात आफूहरूले एयरपोर्टबाट गर्न चाहेको बताए । पछिल्लो समय एयरपोर्टबाट नुनदेखि सुनसम्म अवैधरुपमा भित्रिएको भन्दै यसको निराकरणको लागी डटेर लागि पर्न उनले सम्बन्धित सबैलाई आग्रह पनि गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved