एमाले दिवङ्गत नेता सुवास नेम्वाङको घरजग्गा लिलामीको सूचना !

संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का दिवङ्गत नेता सुवास नेम्वाङको इलामको घर जग्गा बैंकले लिमामी प्रक्रिया अघि बढाएको छ ।

नेपालभ्युज

एमाले दिवङ्गत नेता सुवास नेम्वाङको घरजग्गा लिलामीको सूचना !

काठमाडौं । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का दिवङ्गत नेता सुवास नेम्वाङको इलामको घर जग्गा बैंकले लिमामी प्रक्रिया अघि बढाएको छ ।

नेपाल बैंक लिमिटेडले घरजग्गा लिलामीको ३५ दिने सूचना जारी गर्दै फागुन १० गतेभित्र कर्जा चुक्ता गर्न भनेको छ ।

बैंकले जारी गरेको सूचना अनुसार नेम्वाङको नाममा मालपोत कार्यालय इलामस्थित इलाम– २ मा रहेको कित्ता नम्बर २४६ को क्षेत्रफल ६ रोपनी १५ आना जग्गा र जग्गाले चर्चेको सबै लिगतगापात समेत लिलामी हुने बताइएको छ ।

बैंकको ऋण भने नेम्वाङका भाइबुहारी देवकुमारी लिम्बुले घरेलु तथा साना उद्योगमा कम्पनी दर्ता गरेर नेपाल बैंकबाट ऋण लिएकी थिइन् ।

पाम फुड्स एन्ड वेभरेज टेक्नोलोजी प्रालिको नाममा नेपाल बैंकबाट कर्जा लिँदा नेम्वाङ व्यक्तिगत जमानीकर्ताको रूपमा बसेका थिए ।

लिम्बुसँगै कम्पनीका अर्का सञ्चालक झापास्थित शान्तिनगर– ५ का रुद्रप्रसाद गिरी पनि थिए ।

बैंकले नेम्वाङसँगै लिम्बु, गिरी, नेम्वाङका छोरा मिङसो, सम्याङ, भाइ सुरेस कुमार, भतिजो मिराक, छोरी सुसाङ सुमा, पत्नी कलावतीलगायतको नाममा ३५ दिने सूचना जारी गरेको हो ।

त्यस्तै व्यक्तिगत जमानीकर्ताको रूपमा सुरेशकी छोरी कोमना नेम्वाङ र सिन्धुलीकी कुन्ता कार्कीको नाममा समेत सूचना जारी गरेको छ ।

नेता नेम्वाङको भने भदौं २५ गते हृदयघातका कारण निधन भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved