बीपीका कामु उपकुलपति कार्कीलाई कारबाहीको माग गर्दै हर्कले लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

नेपालभ्युज

बीपीका कामु उपकुलपति कार्कीलाई कारबाहीको माग गर्दै हर्कले लेखे स्वास्थ्य मन्त्रालयलाई पत्र

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीलाई कारबाहीको माग गर्दै  स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेका छन् ।

कार्यकारिणी समितिको बैठक राख्न निर्देशन पाएपछि त्यसअनुरूप बैठक राख्न नसकेको भन्दै मेयर हर्कले कारबाही गर्न पत्रमा भनेका छन् ।

“स्वास्थ्य मन्त्रालयबाट कार्यकारणी समितिको बैठक तुरुन्तै बसाउन निर्देशन दिएपनि हालसम्म कुनै बैठक राख्न नसकेकाले प्रतिष्ठान शिक्षक, कर्मचारी चिकित्सकको माग सम्बोधनजस्ता विषयमा अन्यौता देखिएको छ । हाललको विद्यमान परिस्थितको समस्याको समाधान गर्न नसकेको हुँदा निजलाई कानूनमुताविक तुरुन्तै आवश्यक कारबाही अघि बढाइदिनहुन अनुरोध छ,” पत्रमा भनिएको छ ।

मेयर हर्कले यसअघि पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।

“प्रतिष्ठानमा हाल देखिएका विद्यमान समस्याको निकास निकाल्नका लागि मन्त्रालयमार्फत कायम-मुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीलाई आवश्यक कारबाही प्रक्रिया अघि बढाई प्रतिष्ठानको गरिमा जोगाउन आन्दोलनरत पक्षको मागहरु ग्यारेन्टी गर्दै नागरिकको स्वास्थ्य सेवासम्बन्धी अधिकारको सुरक्षा र सेवाको निरन्तरताका लागि ध्यानाकर्षण गर्दछु,” त्यो पत्रमा उनले भनेका थिए ।

यसअघि कार्कीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएर आफैँ धरान पुगी कार्यकारिणी समितिको बैठक डाक्न निर्देशन दिएका थिए । तर, उनले अहिलेसम्म बैठक राख्न सकेका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved