अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहसहित ६ जना विरुद्ध पक्राउ पुर्जी जारी

नेपालभ्युज

अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहसहित ६ जना विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं  ।  अखिल (क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

१५ वर्षअघि भएको हत्या अभियोगमा उनीहरूलाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले शुक्रबार अनुमति दिएको प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कृष्णबहादुर खड्काका अनुसार कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न भएको आरोपमा उनिहरुलाई पक्राउ गर्न अनुमति दिएको हो ।

पक्राउ पुर्जी जारी हुनेमा सिंहसहित, पदमबहादुर रावत, ‘गुराँस’ नाम गरेका बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्की रहेका छन् ।

उनिहरु विरुद्ध राजबहादुरका  बुबाले  २०७९ साउन ३ गते पुरक किटानी जाहेरी दिएका थिए । हत्यालगत्तै मृतकका काका नवराजले पदमबहादुर रावत ‘टाइगर’ विरुद्ध किटानी जाहेरी दिएका थिए ।

मल्लको २०६५ फागुन २६ गते साँझ खुकुरी हानेर हत्या गरिएको थियो । अहिले घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved