गेल्जे शेर्पाको २०२५ समिटमा माउन्टेन ड्युको साथ

नेपालभ्युज

गेल्जे शेर्पाको २०२५ समिटमा माउन्टेन ड्युको साथ

काठमाडौं । माउन्टेन ड्युले हिमाल आरोही गेल्जे शेर्पाको ‘चो यु हिमाल ९८,१८८ मिटर आरोहण’ मा सघाउने भएको छ ।

गेल्जेले ‘डेथ जोन’को नामबाट परिचित सगरमाथाको एक क्षेत्रबाट सन् २०२३ मा आफ्नो ज्यान हत्केलामा राखेर अदम्य साहस, करुणा र बहादुरीका साथ उद्धार गरेर एक पर्वतारोहीको जीवन बचाएको माउन्टेन ड्युले बताएको छ ।

माउन्टेन ड्युको नारा ‘डरको अघि जित छ’ को मान्यतालाई आत्मसात् गर्दै पर्वतारोही गेल्जेलाई सघाउन लागेको बताइएको छ ।

गेल्जेले नयाँ उचाइमाथि जित हासिल गर्ने र नेपालका शेर्पालाई पहिचान दिलाउने लक्ष्य राखेको र यो लक्ष्यमा माउन्टेन ड्यु भरपर्दो सहयोगीको रूपमा उभिएर मद्दत गर्न अग्रसर भएको बताइएको छ ।

पेप्सीको नेपालका एसोशिएट निर्देशक अनुज गोयलले अतुलनीय बहादुरीलाई दर्साउने डेथ जोनबाट एक पर्वतारोहीको वीरतापूर्वक गरिएको उद्धार कार्यमा खटिने गोल्जेको कार्य वास्तवमै माउन्टेन ड्युको भावनासँग पूर्णतः मेल खाने बताए ।

‘गेल्जेको आरोहण अभियान २०२५ लाई सक्रिय रूपमा हामीले साथ दिँदै छौँ र यो अभियानमा हामी एक पर्वतारोहीलाई साथ मात्र दिइरहेका छैनौँ, हामी अदम्य साहस, बहादुरी र बलियो जोसको प्रत्यक्षदर्शी पनि बनिरहेका छौँ’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved