श्रीमतीको नाममा अरबाजको पोस्ट-अब तिमीसँगै बुढो हुन चाहन्छु

नेपालभ्युज

श्रीमतीको नाममा अरबाजको पोस्ट-अब तिमीसँगै बुढो हुन चाहन्छु

एजेन्सी । अरबाज खानले १८ जनवरीमा हालै विवाह गरेकी श्रीमतीको जन्मदिन मनाए । यही मौकामा उनले आफ्नी श्रीमतीको नाममा सामाजिक सञ्जालमा सुन्दर पोस्ट पनि लेखेका छन् ।

अरबाज र शूरा बलिउडका नयाँ जोडी हुन् जसको अहिले निकै चर्चा हुने गर्छ । शूरा खानको जन्मदिनका दिन अरबाज खानको रोमान्टिक पाटो अगाडि आएको छ । उनले श्रीमतीसँगको तस्वीर शेयर गरेका छन् ।

खुशी भइरहेको तस्वीरसँगै क्याप्सनमा उनले लेखेका छन्, “मेरी प्यारी शूरा तिमीलाई जन्मदिनको धेरै शुभकामना । मलाई तिमीले जसरी कसैले मुस्कुराउने बनाउँदैन । तिमीले मेरो जीवनमा रोशनी भरिदिन्छौ । म तिमीसँगै बुढो हुन चाहन्छु, ऊप्स और बडा, खासमा धेरै धेरै बुढो । जब संसारले हामीलाई साथमा ल्यायो यो मसँग भएको सबैभन्दा राम्रो चीज थियो ।”

लामो वाक्यांशसहित उनले अगाडि लेख्छन्, “दैनिक मलाई ‘कुबूल है’ भनेको सम्झना आउँछ र यो मेरो मुखबाट निस्किएको सबैभन्दा सुन्दर शब्द थिए । म तिमीलाई एकदमै धेरै प्रेम गर्छु ।”

शूरा खान र अरबाज खानको विवाह २४ डिसेम्बर २०२३ मा भएको थियो । यसअघि अभिनेताले एउटा ठूलो फूलको गुच्छा लिएर प्रपोज गरेका थिए । शूरा खान ३१ वर्षकी भएकी छन् । उनको र अरबाजको उमेरमा २५ वर्षको अन्तर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved