एनसेल खरिद–बिक्रीको छानबिन प्रतिवेदन सरकारलाई माघ १५ मा बुझाइने

नेपालभ्युज

एनसेल खरिद–बिक्रीको छानबिन प्रतिवेदन सरकारलाई माघ १५ मा बुझाइने

काठमाडौं । टंकमणि शर्मा नेतृत्वको समितिले एनसेल सेयर खरिद–बिक्रीसम्बन्धी प्रतिवेदन माघ १५ गते सरकारलाई बुझाउने भएको छ ।

गत मंसिर २१ गतेको मन्त्रिपरिषद् बैठकले पूर्व महालेखापरीक्षक शर्माको नेतृत्वमा एनसेलको शेयर खरिद–बिक्रीबारे छानबिन समिति गठन गरेको थियो ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यस्तो बताएकी हुन् । उनले एनसेल सेयर खरिदको विषयमा सरकारले बनाएको छानबिन समितिले प्रतिवेदन बुझाउन एक महिनाको समय दिएको भए पनि समितिले प्रतिवेदन बनाउन समय माग गरेकाले माघ १५ सम्म समय थप गरिएको बताइन् ।

मन्त्री शर्माले शेयर खरिद बिक्रीएको सम्बन्धमा समिति अध्ययन तथा छानबिनको क्रममा रहेको बताइन् । समितिलाई सरकारले नेपाल र नेपालीको हितमा हुने गरेर छानबिन प्रक्रिया अगाडि बढाउन भनेकाले खरिद सम्झौतामा उठेका सबै विषयहरूको बारेमा जवाफ आउने गरी प्रतिवेदन आउने विश्वास रहेको उनको भनाई छ ।

‘एक महिनाको अवधिमा प्रतिवेदनको पूर्णरुप तयार नपारेकाले माघको १५ गतेसम्म समय थप गरिएको छ । उहाँहरूले माघको १५ गतेभित्रै प्रतिवेदन बुझाउने गरी समिति जुटेको छ’, उनले भनिन् ‘यो अध्ययन तथा छानबिनको क्रममा रहेको हुनाले सरकारले नेपाल र नेपालीको हितमा हुने गरेर छानबिन प्रक्रिया अगाडि बढाउने खरिद सम्झौतामा भएका दुवै पक्षका कागजहरू, पारदर्शिताका उठेका प्रश्नको समेत जवाफ दिने गरेर प्रतिवेदन बुझाउन सरकारले समिति गठन गरेको हो ।’

उनले अर्बौँ अनियमितताको आशंका गरिएको टेरामक्स खरिद प्रक्रिया कार्यान्वयनमा मन्त्रालयले रोक लगाएको र एमडीएमएसबारे पनि छानबिन भइरहेको बताएकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved