मुख्यमन्त्रीको सम्पत्ति श्रीमतीको नाउँमा, सामान्य जागिरेको मुख्य बजारमै सात ठाउँमा जग्गा !

मन्त्रीहरू कसको सम्पत्ति कति ?

तर, जग्गा जमिन भने अस्वाभाविक देखाइएको छ । सो सम्पत्ति मुख्यमन्त्री कार्कीले श्रीमतीको नाममा रहेको उल्लेख गरेका छन् ।

नेपालभ्युज

मुख्यमन्त्रीको सम्पत्ति श्रीमतीको नाउँमा, सामान्य जागिरेको मुख्य बजारमै सात ठाउँमा जग्गा !

विराटनगर । कोशी प्रदेशले मुख्यमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मुख्यमन्त्री केदार कार्कीको सम्पत्तिमा २५ तोला सुन र ८ लाख ब्यालेन्स देखाइएको छ ।

तर, जग्गा जमिन भने अस्वाभाविक देखाइएको छ । सो सम्पत्ति मुख्यमन्त्री कार्कीले श्रीमतीको नाममा रहेको उल्लेख गरेका छन् ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा मोरङ बुढीगंगामा घर बाहेक तीन वटा घडेरी रहेको उल्लेख छ ।

बुढीगंगा गाउँपालिका–२ स्थायी ठेगाना भएका कार्कीले आन्तरिक मामिला तथा कानुनमन्त्री हुँदा विराटनगरको मुख्य बजारमा सात ठाउँमा जग्गा रहेको विवरण पेस गरेका थिए । मुख्यमन्त्री भएपछि भने विराटनगरको तीन स्थानमा मात्रै जग्गा भएको विवरण पेस गरेका छन् ।

एक खेती रहेको पनि उनको विवरणमा उल्लेख छ । वडा नम्बर ७ मै एक बिघा दुई कट्ठा जग्गा देखाइएको छ ।

मुख्यमन्त्री कार्कीका घर र सबै जग्गा श्रीमती शान्तादेवी बस्नेतको नाममा छ । कार्कीले पत्नी शान्तादेवीको नाममा बूढीगंगामा रहेको १ कट्ठा साढे १२ धुर जग्गामा घर रहेको उल्लेख गरेका छन् ।

उनले उक्त घरजग्गा पैत्रिक सम्पत्ति बेचबिखन तथा जागिरबाट आर्जन गरेको उल्लेख गरेका छन् । उनकी पत्नी शान्तादेवी कृषि विकास बैंकमा कार्यरत छिन् ।

कार्की परिवारसँग विवाह, उपहार तथा खरिदबाट प्राप्त भएको २५ तोला सुन र ८० तोला चाँदी छ । मुख्यमन्त्री कार्की र परिवारका सदस्यको नाममा विभिन्न बैंकमा लगभग ८ लाख नगद रहेको विवरणमा उल्लेख छ ।

यस्तै विभिन्न ५२ वटा बैंक तथा वित्तीय संस्था तथा कम्पनीको शेयर आफ्नो, श्रीमती र परिवारको सदस्यको नाममा १ लाख ८७ हजारको रहेको छ भने कृषि विकास बैंकको हालको मूल्य ५ लाख ६३ हजार ४५६ मूल्य बराबरको २ हजार २७२ कित्ता रहेको छ ।

यस्तै १ करोड ८ लाख २ हजार ऋणमध्ये मुख्यमन्त्री कार्कीले ८ लाख ७० हजार मात्रै तिरेको उल्लेख गरेका छन् । यस्तै उनको श्रीमती बस्नेतको नाममा ३ लाख १८ हजारको एक थान स्कुटर मात्रै रहेको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री केदार कार्कीको सम्पत्ति विवरण
मुख्यमन्त्री केदार कार्कीको सम्पत्ति विवरण
मुख्यमन्त्री केदार कार्कीको सम्पत्ति विवरण

 

मन्त्रीहरू कसको सम्पत्ति कति ?

यस्तै कोशी प्रदेशका मन्त्रीहरू शमशेर राई, गणेशप्रसाद उप्रेती र कमलप्रसाद जबेगुले पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईको इलामको रोङ गाउँपालिकाको ६ र ४ नम्बर वटामा पाँच ठाउँमा जग्गा रहेको उल्लेख छ ।

यस्तै उनको विवरणमा १० तोला सुन रहेको उल्लेख छ । यस्तै बैंक मौज्जात ६२ हजार र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा आफ्नो परिवारको सदस्य मालती राईको नाममा १ लाख ५० हजार रुपैयाँ बराबरको शेयर पूँजी रहेको उल्लेख छ । यस्तै उनले अलैँची खेती तथा नर्सरी र बाख्रा फर्म २०७० सालमा दर्ता गरी सञ्चालन गरिरहेको उल्लेख छ ।

यस्तै भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगुको पाँचथर फालेलुङ १, फालुलुङ २, झापाको दुवागडी मेचीनगर नगरपालिका ५ मा ६ कित्ता जग्गा रहेको उल्लेख छ ।

यस्तै उनले साढे ११ तोला सुन र १५ तोला चाँदी रहेको देखाएका छन् । उनको १ लाख रुपैयाँ बैंक मौज्दात रहेको र अरुण काबेली हाइड्रो पावर लिमिटेडमा ५० कित्ता शेयर रहेको उल्लेख छ । उनले हातेमालो सहकारीबाट ४ लाख ऋण लिएको र आफ्नो साथमा दुहुना गाई १ वटा, हल गोरु १ र खसी १ वटा रहेको उल्लेख गरेका छन् ।

यस्तै वन, पर्यटन तथा वातावरण मन्त्री गणेश उप्रेतीको भने श्रीमती नरमाया भट्टराईको नाममा विराटनगरमा १ कट्टा ५ धुर तथा सुनसरीको इटहरी १० मा ११ धुर जग्गा रहेको उल्लेख छ । यस्तै १० तोला सुन र २० तोला चाँदी तथा विभिन्न बैंकमा परिवारको नाममा २ लाख ७८ हजार रुपैयाँ नगद रहेको उल्लेख छ ।

उप्रेतीको परिवारको नाममा विभिन्न वित्तीय संस्थामा १ हजार ४५० कित्ता शेयर रहेको विवरणमा उल्लेख छ । उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा ३९ लाख ५० हजार ऋण तिर्न बाँकी रहेको देखाएका छन् ।

उनको एउटा हण्डा मोटरसाइकल र सुजुकी ब्रान्डको स्कुटर रहेको विवरणमा उल्लेख छ । यस्तै उनले सामूहिक रूपमा कृषि फारम तथा गाई फारम सञ्चालन गरिरहेको जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved