पाकिस्तानको बम विस्फोटमा एक प्रहरीसहित नौ जना घाइते

नेपालभ्युज

पाकिस्तानको बम विस्फोटमा एक प्रहरीसहित नौ जना घाइते
सांकेतिक तस्वीर

काठमाडौं । पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तको क्वेटा सहरमा भएको बम विस्फोटमा एक जना प्रहरीसहित ९ जना घाइते भएका छन् ।

बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटाको जरघून रोडको छेउमा रहेको फोहोरको थुप्रोमा बम विस्फोट हुँदा एक जना प्रहरीसहित ९ जना घाइते भएका हुन् ।

प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई क्वेटाको ट्रमा सेन्टर तथा आपत्कालीन विभागमा सारिएको स्थानीय प्रहरीले जनाएका छन् ।

केन्द्रका प्रबन्ध निर्देशक अरबाब कामरानले घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको र सघन उपचार कक्षमा उपचार भइरहेको जानकारी दिए । प्रहरीले उक्त क्षेत्रलाई घेरा हालेर अनुसन्धान थालेको छ ।

बम फोहोरको छेउमा राखिएको र तीन बालबालिका त्यसमा खेल्दै गर्दा विस्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved