खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी छ : मन्त्री खड्का

नेपालभ्युज

खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी छ : मन्त्री खड्का

काठमाडौं । उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले सरकारले खेलकुदको भौतिक पूर्वाधारहरू तीव्र गतिमा अघि बढाउन नसकेको बताएका छन् ।

बुधबार ललितपुरमा आयोजित १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

विगतका कमी, कमजोरीबाट पाठ सिकेर खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी रहेको उनको भनाई छ । उनले नेपालको खेलकुद विकास, खेलाडीको उन्नतिका लागि प्रोत्साहित गर्न जरुरी रहेको बताए । संघ, प्रदेश र स्थानीय तहले आफ्ना श्रोतलाई खेलकुद विकास र खेलाडीको संरक्षणमा प्रयोग गर्नुपर्ने उनको धारणा छ ।

‘नेपालको खेलकुदको सन्दर्भमा भौतिक पूर्वाधारहरू जुन गतिमा तीव्र गतिमा अघि बढाउनुपर्ने हो त्यो गतिमा बढाउन सकेका छैनौँ’, उनले भने ‘संघ, प्रदेश र स्थानीय सरकार एकताबद्ध भएर खेलकुदको विकास र उन्नतिको लागि, भौतिक पूर्वाधार विकासका लागि, खेलाडीहरूको उन्नति प्रगतिका लागि प्रोत्साहित गर्न र सेवा सुविधा बढाउन एकताबद्ध भएर अघि जानु छ ।’

उनले नेपालको खेलकुद क्षेत्रमा आवश्यकता अनुरुपको काम गर्न नसकेको स्वीकार्दै आगामी दिनमा खेलाडीमा थप लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved