‘कसरी बन्छ कानुन ?’ ओलीले सिकाए कानुनकै विद्यार्थीलाई !

‘‘उनीहरूले भने – ‘हामी पर्वतदेखि भेट्न आएका नि बा !’ मैले सोधेँ – ‘काठमाडौंमा के के हेर्‍यौ त ?’ उनीहरू सर्वोच्च अदालत हेर्न जाने भन्दै थिए । अनि भन्दै थिए – वकिल बन्ने हो, न्यायाधीश बन्ने हो ।

नेपालभ्युज

‘कसरी बन्छ कानुन ?’ ओलीले सिकाए कानुनकै विद्यार्थीलाई !

काठमाडौं । समकालीन नेताहरूमध्ये युवाहरूसँग बढी घुलमिल गर्न रुचाउने नेता हुन् एमाले अध्यक्ष केपी शर्मा ओली । युवाहरूको पनि ओलीप्रतिको विचित्रको आकर्षण छ ।

ओली कहिले स्कुले केटाकेटीसँग त कहिले कलेज पढ्ने विद्यार्थीसँग भेटघाटदेखि अन्तरक्रिया गरिरहेका हुन्छन् । चुनावको मुखमा मात्र होइन अरू अहिले सत्ता प्रतिपक्षी भएर फुर्सदिला जस्ता देखिएको समयमा पनि ओली युवाहरूसँग नजिकिइरहेका छन् ।

हालै मात्र ‘झुलाघाट चिवाभञ्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ कार्यक्रममा ज्येष्ठ नागरिकदेखि बालबालिकासम्म संवाद गरेका थिए । ७२ वर्षका ओलीले २७ वर्षे तन्नेरीको जस्तै जोससाथ १८ सय किलोमिटर यात्रा पारे ।

अहिले उनी केही फुर्सदिला देखिन्छन् । तैपनि उनले अहिले पनि युवाहरूलाई घरमै भेटिरहेका छन् ।
बुधबार बिहान पर्वत फलेबासको लिमीठाना मावि कक्षा ११ र १२ मा कानून पढ्ने विद्यार्थीहरू ओलीलाई भेट्न बालकोटस्थित घरैमै पुगे ।

भेटमा ओलीले विद्यार्थीसँग ‘कानुन कसरी बनाइन्छ’ भन्ने कुरा कानुनका विद्यार्थीलाई अनुभव सुनाए । संघ, प्रदेश र स्थानीय तहले कानुन बनाउन सक्ने भन्दै त्यसका आआफ्नै प्रक्रिया रहेको उनले सिकाए ।

‘‘अहिले तीन तहका सरकार छन् । अहिले संघीय तहमा कानुन निर्माण हुन्छ, प्रदेश तहमा हुन्छ र स्थानीय तहमा कानुन निर्माण हुन्छ । तर, आ आफ्नै रुल के हो भने संविधानभन्दा बाहिर गएर कानुन निर्माण गर्न पाइँदैन’’ ओलीले कानुनका विद्यार्थीसँग भने ।

संविधान वमोजिम संघीय संसद्ले कानुन बनाउने भन्दै प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैले पारित गरेपछि त्यसलाई राष्ट्रपतिले लालमोहर लगाएपछि त्यो कानुनका रूपमा जाने अभ्यास सुनाए ।

सोही कानुनसँग नबाझिने गरी प्रदेश र स्थानीय तहहरूले पनि कानुन बनाउन सक्ने ओलीले बताए ।

उनीहरूसँगको भेटपछि ओलीले फेसबुकमा लेखेका छन् –

‘‘उनीहरूले भने – ‘हामी पर्वतदेखि भेट्न आएका नि बा !’

मैले सोधेँ – ‘काठमाडौंमा के के हेर्‍यौ त ?’

उनीहरू सर्वोच्च अदालत हेर्न जाने भन्दै थिए । अनि भन्दै थिए – वकिल बन्ने हो, न्यायाधीश बन्ने हो ।

लिमीठाना मावि पर्वत फलेवासमा कक्षा ११ र १२ मा कानून पढ्ने विद्यार्थीहरू आज बिहानै बालकोट आएका थिए ।

माघे सङ्क्रान्तिमा बनाएको लड्डु पनि सँगै बसेर खाइयो ।

आजको बिहान धेरै रमाइलो भयो ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved