दाङमा भएको बस दुर्घटनामा कम्तिमा पाँचजनाको मृत्यु, २० घाइते, उद्दार जारी

नेपालभ्युज

दाङमा भएको बस दुर्घटनामा कम्तिमा पाँचजनाको मृत्यु, २० घाइते, उद्दार जारी

काठमाडौं । दाङमा आज राति भएको यात्रुवाहक बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । कम्तिमा २० जना घाइते भएका छन् ।

राप्ती गाउँपालिका -१ भालुबाङस्थित राप्ती पुलबाट बस नदी किनारमा खसेर उत्तानो परेको प्रहरीले जनाएको छ ।

बसबाट पाँचजनालाई मृत अवस्थामा निकालिएको इप्रका भालुबाङका इन्स्पेक्टर उज्जवल सिंहले जानकारी दिए । त्यसवाहेक २० जना घाइते पनि निकालिएको छ ।

सिंहका अनुसार बसलाई सुल्टो बनाउन अहिले क्रेन मगाइएको छ । अझै केही यात्रु बसभित्र हुने अनुमान गरिएको उनले बताए ।

नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर दुर्घटना भएको थियो ।

घाइतेमध्ये केहीलाई बुटवलतर्फ ल्याइँदैछ । केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved