नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रु बस दाङमा पुलबाट खस्यो, उद्दार जारी

नेपालभ्युज

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रु बस दाङमा पुलबाट खस्यो, उद्दार जारी

काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस आज राति दाङमा दुर्घटना भएको छ । अहिले उद्दार कार्य चलिरहेको छ ।

भे १ ख ३९१२ नम्बरको रात्रिबस दाङको भालुवाङमा पुलबाट तल खसेर उत्तानो परेको प्रहरीले जनाएको छ ।

अहिले बसबाट यात्रुलाई निकाल्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

उद्दार चलिरहेकाले दुर्घटनामा भएको क्षति यकिन हुन केही समय लाग्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved