फिनल्यान्डले रुससँगको सीमा बन्दको अवधि बढायो

नेपालभ्युज

फिनल्यान्डले रुससँगको सीमा बन्दको अवधि बढायो

हेलसिन्की । फिनल्यान्ड सरकारले रुससँगको आफ्नो सीमा बन्दको अवधिलाई बढाएको बिहीबार बताएको छ । फिनल्यान्डले रुसबाट आप्रवासीहरूको आवागमन बढ्न थालेपछि सीमा बन्द गरेको थियो । हेलसिन्कीले आप्रवासीहरूको बढ्दो आवागमनलाई रुसी हाइब्रिड हमला भनेको छ ।

नर्डिक मुलुक फिनल्यान्डले अगस्टपछि आफ्नो पूर्वी सीमा नाकाबाट करिब एक हजार आप्रवासीहरू बिना भिसा आएपछि डिसेम्बर मध्यसम्मका लागि सीमा बन्द गरेको थियो ।

सरकारले विज्ञप्तिमा भनेको छ, ‘फिनल्यान्ड र रुसबिच भूमि सीमामा सीमा पार गर्ने विन्दुहरू सन् २०२४ फेब्रुअरी ११ सम्म बन्द रहने सरकारले निर्णय गरेको छ ।’ फिनल्यान्डले रुससँग एक हजार तीन सय ४० किलोमिटर सीमा साझा गर्दछ ।

‘अधिकारीहरूले सङ्कलन गरेको जानकारीका आधारमा हामीले पहिला देखेजस्तै रुसको हाइब्रिड प्रभाव गतिविधिहरू पुनः सुरु हुने र विस्तार हुने अत्यन्त धेरै सम्भावना छ’, आन्तरिकमन्त्री मारी रन्तानेनले भनिन्, ‘त्यसैले हामी पूर्वी सीमा बन्द राख्न आवश्यक ठान्छौँ ।’

युक्रेनमाथि आक्रमणपछि फिनल्यान्डसँग उसको पूर्वी छिमेकी मुलुकको सम्बन्ध चिसिएको छ । अप्रिलमा फिनल्यान्ड नाटोमा सामेल भएपछि मस्कोले सैन्य असंलग्नताको आफ्नो दशकौँ पुरानो नीतिलाई उल्ट्याउँदै ‘जवाफी कदम’ उठाउने चेतावनी दिएको छ ।

फिनल्यान्डले नोभेम्बरको अन्त्यसम्म बाँकी चार सीमा बन्द गर्नुअघि सोही महिनामा रुससँगको आफ्नो आठ सीमामध्ये चारलाई बन्द गरेको थियो । यद्यपि हेलसिन्कीले त्यतिबेला आंशिकरूपमा बन्दलाई खुकुलो पारेको भए पनि डिसेम्बर १४ मा पूरै सीमालाई एकपटक पुनः बन्द गरेको छ ।

बिहीबार सरकारले दोहोर्‍याउँदै भनेको छ, ‘रुसी अधिकारी वा अन्य कलाकारले साधनयुक्त बसाइँसराइलाई सहयोग गरिरहेका छन् भन्ने स्पष्ट छ ।’ सरकारले यसलाई फिनल्यान्डको राष्ट्रिय सुरक्षा र सार्वजनिक व्यवस्थाका लागि गम्भीर खतरा भनेको छ । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved