गोल्ड कोस्ट फुटसलमा सहभागी हुने नेपाली टोलीको बिदाइ

नेपालभ्युज

गोल्ड कोस्ट फुटसलमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौं। गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागी ८ खेलाडीसहित १० सदस्यीय नेपाली टोलीलाई बिदाइ गरेको छ।

अस्ट्रेलियाको गोल्ड कोस्टमा हुने प्रतियोगितामा सहभागी हुने टोलीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरिएको हो।

जनवरी १६ देखि २० तारिखसम्म हुने फुटसलमा एन्जल्स हार्ट स्कुल फुटबल क्लब नेपालको टोली सहभागी हुँदै छ । त्यसका लागि टोली शनिबार अस्ट्रेलिया प्रस्थान गर्ने छ ।

खेलाडीहरुमा आर्यन अधिकारी, निशान थापा, अभिनम गौतम, सौरव पुन, विपिश मल्ल, मविन्द्र पुन, किस्मत क्षेत्री र विपिन छन्त्याल रहेका छन् । टोली प्रमुख एन्जल्स हार्टका अध्यक्ष लिलबहादुर पुन तथा व्यवस्थापकमा एन्जल्स हार्टका खेलकुद विभाग प्रमुख सुमन तिमल्सिना छन् ।

टोलीलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, तार्केश्वर नगरपालिका शिक्षा शाखा प्रमुख पदमबहादुर खत्री, नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसी, एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुन, तार्केश्वर नगरपालिका वडा १० का अध्यक्ष कुमार राई, मानसिंह डोजोका प्रमुख महेश महर्जनलगायतले एक कार्यक्रमबीच बुधबार बिदाइ गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved