मतदाता नामावलीमा नाम नभएपछि फर्किएका उम्मेदवारको ठाउँमा विजेता झाले दिइन् उम्मेदवारी

अर्जुन सिंह राजपुतको मतदाता नामावलीमा नाम नभेटिएपछि उनको ठाउँमा विजाता झाले उम्मेदवारी दिएकी हुन् । झा जनकपुरधामकी हुन् ।

नेपालभ्युज

मतदाता नामावलीमा नाम नभएपछि फर्किएका उम्मेदवारको ठाउँमा  विजेता झाले दिइन् उम्मेदवारी

जनकपुरधाम । उम्मेदवारी दर्ता गराउन पुगेका एक उम्मेदवारको मतदाता नामावलीमै नाम नभएपछि नेकपा एमालेले उम्मेदवार परिवर्तन गरेको छ ।

नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउन प्रदेश निर्वाचन कार्यालयमा पुगेका अर्जुन सिंह राजपुतको मतदाता नामावलीमा नाम नभेटिएपछि उनको ठाउँमा  विजेता झाले उम्मेदवारी दिएकी हुन् । झा जनकपुरधामकी हुन् ।

मधेश प्रदेशमा अन्य समूहबाट राजपुत उम्मेदवारी दिन पुगेका थिए । सिंह उम्मेदवार सिफारिस भएपनि मतदाता नामावलीमा उनको नाम नरहेपछि झालाई उम्मेदवार बनाइएको हो ।
एमालेबाट मधेशमा पर्साकी उषादेवी थरुनीले पनि उम्मेदवारी दिएकी छिन् ।

तामझामका साथ उम्मेदवारी दर्ता गराउन गएका उम्मेदवारको भेटिएन मतदाता नामावली, यत्तिकै फर्किए


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved