एकीकृत समाजवादीका महिला र दलित उम्मेद्वार

नेपालभ्युज

एकीकृत समाजवादीका महिला र दलित उम्मेद्वार

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले राष्ट्रियसभामा आफुले पाएका दुई सीटका लागि उम्मेद्वार टुंगो लगाएको छ । बागमती प्रदेशमा दलित क्लस्टर र कर्णाली प्रदेशमा महिला क्लस्टरमा उम्मेदवारी टुंगो लगाइएको पार्टी प्रवक्ता जनन्नाथ खतिवडाले बताए ।

पार्टीले बागमतीमा घनश्याम रिजाल विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने कर्णालीबाट महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने भएको छ ।

उम्मेदवारको नाम टुंगो लगाउन उपाध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई जिम्मेवारी दिएको थियो ।
सत्ता गठबन्धनमा एकीकृत समाजवादीले ५ सीटको दाबी गर्दै आएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved