राष्ट्रपति पौडेल आज गृहजिल्ला हुँदै जितगढी किल्ला पुग्ने

नेपालभ्युज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल रुपन्देही र तनहुँका कार्यक्रममा सहभागी हुन आज  त्यस तर्फ प्रस्थान गर्दैछन् ।

राष्ट्रपति पौडेल सुरुमा गृहजिल्ला तनहुँको भानु नगरपालिकास्थित पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी कार्यक्रममा सहभागी हुने छन् । शतवार्षिकी कार्यक्रमको राष्ट्रपति पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।

विद्यालयको कार्यक्रमपछि त्यतैबाट उनी बुटवलमा हुने सेनाको कार्यक्रममा सहभागि हुने छन् । त्यहाँ जितगढी किल्लालाई बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

सो किल्ला नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाकालाई हस्तान्तरण गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल दिउँसो १ बजे जितगढी किल्लामा पुग्ने कार्यतालिका बनाइएको छ ।

किल्लाको अवलोकन पश्चात औपचारिक कार्यक्रममा सरिक हुने नेपाली सेनाले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved