सशस्त्र प्रहरीमा इन्स्पेक्टरसम्म ठूलो संख्यामा जागिर खुल्यो (सूचनासहित)

नेपालभ्युज

सशस्त्र प्रहरीमा इन्स्पेक्टरसम्म ठूलो संख्यामा जागिर खुल्यो (सूचनासहित)

काठमाडौं । सशस्त्र प्रहरीले झण्डै तीनसय जनाका लागि विभिन्न पदमा आवेदन माग गरेको छ । आज सूचना प्रकाशन गर्दै सशस्त्र प्रहरी बलले ९९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर), ९८ जना प्रहरी सहायक निरीक्षक (असई) , ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र तीन जना मालीका लागि दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकले माघ १० गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । उम्मेदवारहरूले अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन् । प्रहरी निरीक्षकका लागि २१ वर्ष पुरा भई २५ वर्ष ननाघेको र सहायक निरीक्षकको लागि २१ वर्ष पुरा भई २३ वर्ष ननाघेको हुनु पर्ने छ ।

इन्स्पेक्टर र असईमा अनलाइन आवेदन दिएकाहरूले फागुन २ गतेभित्र तोकेको कार्यालयमा उपस्थित हुनुपर्नेछ ।

अन्य पदमा उम्मेदवारी दिएकाहरूले भने माघ २४ गते भित्रै तोकेको कार्यालयमा उपस्थिति हुनुपर्ने छ ।

हेर्नुहोस् सूचना


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved