सरकारलाई संसदीय समितिको निर्देशन : केएमसीमा भएको समस्याबारे छिटो छानबिन गर्नू

नेपालभ्युज

सरकारलाई संसदीय समितिको निर्देशन : केएमसीमा भएको समस्याबारे छिटो छानबिन गर्नू

काठमाडौं । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा उत्पन्न विवाद छानबिन गर्न सरकारलाई निर्देशन दिएको ।

समितिको बिहीबार बसेको बैठकले शिक्षा मन्त्रालयलाई केएमसीमा भएको विवादबारे छिटो छानबिन गर्न निर्देशन दिएको हो ।

समिति सभापति भानुभक्त जोशीले केएमसीले आवासीय चिकित्सक डा. विशद दाहाललाई प्रवेश निषेध गरेको र आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिएको विषयमा छानबिन गर्न मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

कलेज प्रशासनले डा. दाहाललाई एक महिनाका लागि निलम्बन गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved