वार्षिकोत्सवको अवसरमा देशव्यापी रूपमा रक्तदान कार्यक्रम सञ्चालन

नेपालभ्युज

वार्षिकोत्सवको अवसरमा देशव्यापी रूपमा रक्तदान कार्यक्रम सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा वृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले पौष १७ गते मंगलबारदेखि स्थापनाको १७ वर्ष पुरा गरी १८ औँ वर्षमा प्रवेश गरेको अवसरमा देशव्यापीरुपमा वृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको हो।

यही अवसरमा बैंकले मंगलबार नै देशका सात वटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको साथ–साथै निःशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण आयोजना गरेको छ ।

यस कार्यक्रमअन्तर्गत, कोशी प्रदेशमा सुनसरीको इटहरी शाखा, मधेश प्रदेशमा सिरहाको गोलबजार शाखा, बाग्मती प्रदेशमा काठमाडौंको कान्तिपथ शाखा तथा चितवन नारायणगढ शाखा, गण्डकी प्रदेशमा कास्कीको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशमा रुपन्देहीको बुटवल मिलनचोक शाखा तथा दाङको नेपालगंज शाखा, कर्णाली प्रदेशमा सुर्खेतको वीरेन्द्रनगर सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशमा कैलालीको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

देशभर आयोजित कार्यक्रममा ९२७ रक्तदाताहरूबाट ४३९ लिटर रगत दान गरिएको छ । यसै गरी निःशुल्क रूपमा ७८३ जनाको आँखा जाँच गरिनुका साथै १०४८ जनाको रक्तचाप तथा मधुमेहको परीक्षण एवम् परामर्श पनि प्रदान गरिएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरूमार्फत आम जनमानसलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved