उच्च अदालतलाई सर्वोच्चको प्रश्न : टोपबहादुर रायमाझीलाई चाहिँ किन थुनामै राखेको ?

नेपालभ्युज

उच्च अदालतलाई सर्वोच्चको प्रश्न : टोपबहादुर रायमाझीलाई चाहिँ किन थुनामै राखेको ?

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझीलाई थुनामै राख्नुपर्ने कारण सोधेको छ ।

न्यायाधीश कुमार रेग्मीको इजलासले एमाले नेता रायमाझी र सचिव टेकनारायण पाण्डेलाई थुनामै राख्नुको कारणबारे सोधेको हो ।

आफूहरुलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउने भन्ने उच्च अदालत पाटनको आदेश विरुद्ध रायमाझी र पाण्डेले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वमन्त्री रायमाझी र सचिव पाण्डेलाई जिल्ला अदालतले थुनामा राख्ने आदेश गरेको थियो । जिल्ला अदालतको आदेशलाई उच्च अदालत पाटनले पनि सदर गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved