धनगढीलाई हराउँदै ललितपुरले जित्यो एनएसएलको उपाधि

नेपालभ्युज

धनगढीलाई हराउँदै ललितपुरले जित्यो एनएसएलको उपाधि

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले हात पारेको  छ ।

शनिबार  दशरथ रंगशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ प्राप्त गरेको छ ।

गत सिजनमा उपविजेता बनेको धनगढी एफसी यस पटक पनि उपविजेतामा नै सीमित रह्यो ।  धनगढीका आफिज ओलावालेले र अहमद हिजाजीले गोल गरे पनि जित निकाल्न भने सकेनन् ।

ललितपुरका लागि इमोह इजेकेल, दिनेश हेमजनले गोल गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved