माइतीघरमा ‘युवा विद्रोह’, बालकुमारी घटनाको विरोध गर्ने पक्राउ

नेपालभ्युज

माइतीघरमा ‘युवा विद्रोह’, बालकुमारी घटनाको विरोध गर्ने पक्राउ
शुक्रबार बालकुमारीमा भएको आन्दोलनमा प्रदर्शनकारीलाई नियन्त्रणमा लिँदै प्रहरी

काठमाडौं । बालकुमारीमा भएको घटनाको विरोधमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

बालकुमारीमा शुक्रबार दुई युवाको ज्यान गएको घटनाको विरोधमा प्रदर्शन गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

शनिबार माइतीघरमा ‘युवा विद्रोह’ नाम दिएर बालकुमारी घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका थिए ।

माइतीघरबाट शनिबार सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रवार कोरियन भाषा परीक्षाका विषयमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर २ जना मृत्यु भएको थियो ।

बालकुमारीमा भएको घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी समेत गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved