हात्ती महोत्सवको आज अन्तिम दिन, तीन वर्ष रोकिएको कार्यक्रम यसपालि हुँदा पर्यटक आकर्षित

नेपालभ्युज

हात्ती महोत्सवको आज अन्तिम दिन, तीन वर्ष रोकिएको कार्यक्रम यसपालि हुँदा पर्यटक आकर्षित

काठमाडौं । चितवनको  सौराहामा चलिरहेको ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’ आज सकिँदैछ । क्षेत्रीय होटल सङ्घ चितवनको आयोजनामा गएको १० गतेदेखि शुरु ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’ आज सकिँदैछ ।

महोत्सव अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकको घुुइँचो हुने गरेको आयोजकले जनाएको छ । अङ्ग्रेजी नयाँ वर्षमा यहाँ आएका पर्यटकहरू स्वदेश फर्किने सम्भावनालाई मध्यनजर गरी पर्यटन व्यवसायीहरूले सौराहामा हरेक वर्ष महोत्सव आयोजना गर्दै आएका छन् ।

कोरोनापछि लगातार तीन वर्ष रोकिएको यो कार्यक्रम यसपालि फेरि भएको हो ।

महोत्सवको चौथो दिन हिजो भव्य कार्यक्रमकाबीच हात्तीलाई वनभोज खुवाइएको छ ।

सौराहा क्षेत्रमा पालिएका सरकारी तथा निजी हात्तीहरूलाई विभिन्न फलफूलसहित खीर, केक र मनपर्ने घाँस दिएर वनभोज खुवाइएको हो ।

हात्तीलाई चामल र भेलीको खीर, केकसहित उखु, सख्खर, चना, फर्सी, ड्रागनफ्रुट, स्याउ, केरा, खरबुजालगायतका फलफूल दिइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved