सरकारको कामप्रति एकीकृत समाजवादी असन्तुष्ट, सहकारीमा बेइमानी गर्नेलाई कारबाही गर्न माग

नेपालभ्युज

सरकारको कामप्रति एकीकृत समाजवादी असन्तुष्ट, सहकारीमा बेइमानी गर्नेलाई कारबाही गर्न माग

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)ले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएको छ । ललितपुरमा शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कार्य समिति बैठकले सरकारको कामकारबाही सन्तोषजनक नरहेको निष्कर्ष निकालेको हो ।

बैठकले परिणाममुखी काम गर्न पनि सरकारलाई आग्रह गरेको छ । बैठकले सहकारी क्षेत्रमा देखिएको गैरकानूनी कार्यमा संलग्न व्यक्ति तथा संस्थाहरुलाई कानूनी कारबाही गर्न पनि सरकारलाई सचेत गराएको छ ।

त्यसैगरी पार्टीले वित्तीय नीतिमा सुधार गर्दै आमउपभोक्ता र लगानीकर्ताहरुलाई उत्साहित बनाउने तथा उत्पादन वृद्धिमा ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved