सुरु भयो एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक

विधान संशोधन र आगामी महाधिवेशन मुख्य एजेण्डा

नेपालभ्युज

सुरु भयो एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशनबारे छलफल हुने बताइएको छ ।

ललितपुरको एक पार्टी प्यालेसमा सुरु भएको बैठक तीन दिनसम्म चल्नेछ ।

यसअघि सचिवालय बैठकमा नेताहरूबीच ७० वर्षे उमेर हद हटाउने गरी विधान संशोध गर्न सहमति भएको थियो ।

एकीकृत समाजवादीले विधान संशोधन गर्न आगामी माघ १४ र १५ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्न लागेको छ ।

बैठकबाट प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी पनि तोकिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved