राष्ट्रपति पौडेल आज बाग्लुङ जाँदै

नेपालभ्युज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज बाग्लुङ जाँदै छन् । बाग्लुङ महोत्सव उद्घाटनका लागि राष्ट्रपति पौडेल त्यस तर्फ जान लागेका हुन् । धौलागिरि बहुमुखी क्याम्पसको मैदानमा गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक, व्यापार मेला आयोजना हुदै छ ।

महोत्सव उद्घाटन अघि राष्ट्रपति पौडेलले प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिर र बागलुङ नगरपालिका– ४ कुँडुलेला रहेको शालिग्राम सङ्ग्रहालयको दर्शन गर्ने कार्यतालिका छ । त्यसपछि दिउँसो १ बजे पौडेलले महोत्सव उद्घाटन गर्ने छन् ।

पुस २१ गतेसम्म चल्ने महोत्सवमा १ सय २० भन्दा बढी स्टल रहने छन् । महोत्सवमा करिब सात लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved