एक वर्षभित्र पछिल्लो ८० वर्षमा हुन नसकेको काम भएको छ : प्रधानमन्त्री

नेपालभ्युज

एक वर्षभित्र पछिल्लो ८० वर्षमा हुन नसकेको काम भएको छ : प्रधानमन्त्री
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकारको नेतृत्व गरेयता पछिल्लो ८० वर्षमा पनि हुन नसकेका काम भएको दाबी गरेका छन् ।

मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलविद्युत्को क्षेत्रमा उल्लेख्य काम गरेको बताउँदै पछिल्लो एक वर्षमा ८० वर्षयता हुन नसकेका काम भएको दाबी गरेका हुन् ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष मात्रै ३१ प्रतिशतभन्दा बढी बिजुली उत्पादन भएको उनले बताए । जलविद्युत्को विकासका लागि चीन र भारतसँग पनि विभिन्न प्रयास भइरहेको उनले जानकारी दिए ।

देशमा केही हुँदैन भन्ने भाष्य निर्माण भइरहेकोप्रति चिन्ता गर्दै उनले देशमा समृद्धिका सुनौला संकेत देखापरेको उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved