मन्त्रीमण्डल विस्तारसँगै लुम्बिनी कांग्रेसमा बढ्यो विवाद, ‘एक्सन लिने’ मुडमा संस्थापनइतर

कांग्रेसको संस्थापन पक्षले मन्त्री छनोटमा मनलाग्दी गरेको भन्दै इतर पक्ष असन्तुष्ट भएसँगै विवाद बढेको हो ।

नेपालभ्युज

मन्त्रीमण्डल विस्तारसँगै लुम्बिनी कांग्रेसमा बढ्यो विवाद, ‘एक्सन लिने’ मुडमा संस्थापनइतर

काठमाडौं । मन्त्रीमण्डल विस्तारसँगै लुम्बिनी कांग्रेसमा विवाद बढेको छ ।

कांग्रेसको संस्थापन पक्षले मन्त्री छनोटमा मनलाग्दी गरेको भन्दै इतर पक्ष असन्तुष्ट भएसँगै विवाद बढेको हो ।

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार प्युठानका रोज राणा भनिने सरोज थापा र माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसीलाई मन्त्री नियुक्त गरेका छन् । थापा कांग्रेसको संस्थापन पक्षका हुन् ।

यहाँ कांग्रेसको शेखर–गगन पक्षले नवलपरासीका विश्वप्रेम पाठकलाई मन्त्री बनाउनुपर्ने बताउँदै आएको थियो ।

लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री विक्रम खनालले मुख्यमन्त्रीले पार्टीको प्रदेश समितिलाई बेवास्ता गरेकोसमेत आरोप लगाएका छन् । उनले मुख्यमन्त्री र पार्टीको गतिविधि आपत्तिजनक भएको र यसबारे आवश्यक परे ‘एक्सन लिने’ चेतावनी पनि दिएका छन् ।

प्रदेश सभापति अमरसिंह पुनले पनि मुख्यमन्त्रीले पार्टी प्रदेश कार्यसमितिसँग छलफल सल्लाह नगरी एकलौटी ढंगले अघि बढेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved