लुम्बिनीमा राणा र केसी मन्त्री नियुक्त, शपथ आइतबार

नेपालभ्युज

लुम्बिनीमा राणा र केसी मन्त्री नियुक्त, शपथ आइतबार

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री  चौधरीले कांग्रेसबाट प्युठानका सांसद सरोज थापा (रोज राणा)  र माओवादीबाट बाँकेकी सांसद कृष्णा केसीलाई मन्त्रीमा नियुक्त गरेको गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले जानकारी दिए ।

केसीलाई खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय र  राणालाई पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ  ।

राणा र केसीलाई आइतबार बिहान शपथग्रहण गराइने कार्यक्रम तय भएको पाण्डेले बताए ।

शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि कांग्रेसभित्र कुरा नमिलेपछि रोकिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved