उड्नै लाग्दा बुद्ध एअरको आकस्मिक ढोका अचानक खुल्यो

यात्रुलाई अर्को विमानमा सिफ्ट गरियो

नेपालभ्युज

उड्नै लाग्दा बुद्ध एअरको आकस्मिक ढोका अचानक खुल्यो
फाइल तस्वीर

काठमाडौं । पोखराबाट काठमाडौँका लागि उड्न लागेको बुद्ध एयरको जहाजको आकस्मिक ढोका अचानक खुलेको छ ।

ढोका खोलिएपछि उडान नं. ६५२ का विमानबाट काठमाडौं आउन लागेका यात्रुलाई अर्को विमानमा चढाउने तयारी गरिएको छ ।

आज बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौँ उड्न लागेका बेला विमानको आकस्मिक खुलेको हो । बुद्ध एअरले भने यात्रुको अज्ञानताका कारण ढोका खुलेको जनाएको छ ।

इमरजेन्सी ढोका नजिकै बसेका यात्रुले ढोका खोेलेको भन्दै सुरक्षाकर्मीले घटनाबारे अनुसन्धान गरेपछि मात्रै तथ्य आउने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved