सैन्य सहयोग कटौती भएसँगै युक्रेन कमजोर बन्दै

थप ५ लाख जनशक्ति माग

नेपालभ्युज

सैन्य सहयोग कटौती भएसँगै युक्रेन कमजोर बन्दै

काठमाडौं । युक्रेनले सेनामा ठुलो संख्यामा थप जनशक्ति चाहिएको खुलासा गरेको छ । रुससँगको युद्ध दुई वर्ष पुग्नै लाग्दा युक्रेनले सेनामा थप जन शक्ति आवश्यक भएको महसुस गरेको हो ।

राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले सेनाका लागि झण्डै ५ लाख जनशक्ति आवश्यक रहको बताएका हुन् । राजधानी कीभमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्ना कमाण्डरहरूले साढे ४ लाखदेखि ५ लाख जनशक्ति खोजेको स्विकारेका छन् ।

यतिका धेरै जनशक्ति मुलुकका लागि संवेदनशील र महंगो हुने उनको भनाई छ । सेनाको मागलाई सम्बोधन गर्न राष्ट्रपति जेलेन्स्कीलाई निकै कठिन हुने विश्लेषकहरुको बुझाई छ ।

राष्ट्रपति जेलेन्स्कीका अनुसार आफ्नो सेनासँग अहिले नै ५ लाख सिपाही तैनाथी अवस्थमा छन् । अमेरिकी र इयू बाट सैन्य सहायतामा कटौती भएसँगै युक्रेनी सेनाले थप जनशक्तिको महसुस गर्न थालेको हो ।

अमेरिकी कांग्रेसमा रिपब्लिकनहरूले यस महिनाको सुरुमा युक्रेनका लागि पठाउन लागिएको ६० बिलियन डलर सैन्य प्याकेजमा अवरोध गरेका थिए । त्यस्तै गत हप्ता हंगेरीले पनि युक्रेनलाई दिइने सहयोगमा भारी कटौती गर्ने घोषणा गरेको छ ।

युरोपेली संघका नेताहरूले भने युक्रेनलाई दिइने सहयोगमा कटौती गर्न नहुने बताउदै आएका छन् । पश्चिमा शक्तिको सहयोग विना युक्रेन अगाडी बढ्न नसक्ने अवस्थामा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved